गजल,,,, by बिप्लब अदृश्य रिजाल थुम्बेदिन

गजल,,,,

हासेर म बोली दिन्थेँ आशु झर्न खोज्छ,
बाँचेर म हिडि दिन्थेँ दिल मर्न खोज्छ ।।

जीन्दगीमा केहि गर्ने लक्ष्य थियो मेरो,
कल्पनाले गर्दा आज मूटु सर्न खोज्छ ।।

पोखि दिउ ब्यथा भने छैन पोख्ने ठाँउ,
पाइ धोका मूटुभित्र गाठोँ पर्न खोज्छ ।।

बढाउछु पयरलाइ अघि भन्दा पनि,
किन किन अल्छे भई पछि सर्न खोच्छ ।।

अल्छे मान्छे हुदैँ होइन यो "बिप्लब अदृश्य",
बसि समाजमा केहि गर्न खोज्छ ।।

बिप्लब अदृश्य रिजाल
थुम्बेदिन सात ताप्लेजुङ्

No comments:

Post a Comment

भित्री भागमा.......

Ek kabita

 कविता                         "चेलिको आग्रह "  मेरो खुसिको सङ्गम बिन्दुएक माइती  रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग...